बजेट विनियोजन प्रकरणबारे पियारीले भनिन् ‘कुनै प्रकारको गलत नियत जोडिएको छैन’

बाग्लुङ | असार २७, २०७९

बजेट विनियोजन प्रकरणबारे पियारीले भनिन् ‘कुनै प्रकारको गलत नियत जोडिएको छैन’

पोखरा:  गण्डकी प्रदेश सभा सदस्य तथा राष्ट्रिय जनमोर्चाका संसदीय दलकी नेतृ पियारी थापाले गलत नियतसहित बजेट विनियोजन नगरेको बताएकी छिन् ।

 

उनले नेपालका वाद्ययन्त्रहरु संग्रहित संग्राहलयको भवन निर्माणको लागि स्थानीय वडाका जनप्रतिनिधिहरुको आग्रह अनुसार बजेट विनियोजन गरेको आज (सोमबार) विज्ञप्ती जारी गर्दै गलत मनसायले बजेट विनियोजन नगरेको स्पष्ट पारेकी हुन् ।

 

विज्ञप्तीमा भनिएको छ, ‘गाउँमैत्री अक्षयकोष (जिमाक) २०६८ सालमा दर्ता भएर लगातार१० वर्षसम्म ट्यालेन्ट आफ भिलेज कार्यक्रम सञ्चालन गरेर दुर्गम गाउँमा हुर्केका प्रतिभाहरुको खोजी गर्ने कार्य सम्पन्न गरिसकेको छ । हालसम्म संस्थाले आफ्नो नाममा ६ रोपनी जग्गा व्यवस्थापन गरेर अहिले वृहत सांस्कृतिक संग्राहलय निर्माण कार्यमा लागिपरेको छ । 

 

हाल यस संस्थामा म कुनै पनि भुमिकामा संलग्न छैन, विज्ञप्तीमा भनिएको छ,  ‘यो संस्थामा अहिलेसम्म धेरै पदाधिकारी र सदस्यहरुले आफ्नो जिम्मेवारी निर्वाह गरिसक्नुभएको छ । यो आर्थिक वर्षमा विनियोजित ६० लाख रकम संस्था तथा सोही वार्डका जनप्रतिनिधिहरुको माग र आग्रहमा विनियोजन भएको हो ।

 

सो बजेट चालु आर्थिक वर्षमा निर्माण सम्पन्न भएको तेस्रो तलाको हवाई ढलानसहितको संग्राहलय भवनको सम्पन्नताको लागि खर्चिने उद्देश्य हो । हाल दोस्र्रो अध्यक्षको रुपमा हेमराज आश्रम रहेपनि संस्थाको विधान अनुसार साधारण सभापश्चात नेतृत्व परिवर्तन गरेर यो योजना कार्यान्वयनमा लगिने कुराको प्रतिवद्धता गर्दछु । साथै यसमा हाम्रो कुनैपनि प्रकारको गलत नियत नजोडिएको कुरा पनि स्पष्ट गर्न चाहान्छु ।’

 

राष्ट्रिय जनमोर्चा पार्टीबाट निर्वाचित गण्डकी प्रदेश सभा सदस्य थापाले विहे गरेपछि स्थापित कोषका लागि बजेट विनियोजन गरेको आरोप लागेको थियो ।  २०६६ सालमा जनमोर्चाको सांस्कृतिक समूह रक्तिमका प्रशिक्षक हेमराज पुन आश्रमसँग विवाह गरेपश्चात उनीहरूले गाउँमैत्री अक्षयकोष (जिमाक) सुरू गरिएको बताइएको छ ।

पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।   पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्।   चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

थप पढ्नुहोस्

काठमाडौँ-   प्रतिनिधिसभाको आजको बैठकमा पाँच वटा विधेयक प्रस्तुत हुँदैछन् ।   बैठकमा महालेखा परीक्षकको वार्षिक प्रतिवेदन तथा आर्थिक विधेयक, २०८३ पारित गर्ने कार्यसूची छ ।   सङ्घ...

थप पढ्नुहोस्